logo

२०८३ साउन १५ शुक्रबार

७ सयले घट्यो सुनको मूल्य

७ सयले घट्यो सुनको मूल्य


हाम्रो राष्ट्र
  • सोमबार, २७ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुन सोमबार ७०० रुपैयाँले घटेको हो ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

    उता, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    तेजावी सुनको मूल्य भने तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर तोलाको १४ सय ३० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलाको १४ सय ४० मा खरिदबिक्री भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend