logo

२०८३ साउन १४ बिहिबार

शेयर बजारमा ५.५४ अङ्कले बृद्धि

शेयर बजारमा ५.५४ अङ्कले बृद्धि


हाम्रो राष्ट्र
  • सोमबार, २७ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौ । शेयर बजार नेप्से सोमबार सामान्य अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।

    आज बजार सामान्य बढे पनि कारोबार रकममा भने कमी आएको छ । दुई सय ६१ वटा कम्पनीका २९ लाख ६० हजार कित्ता शेयर ९१ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड ८४ लाख र तमोर हाइड्रोपावरको शेयर छ करोड ६५ लाख रुपैयाँमा किनबेच भयो । आज सबैभन्दा धेरै तमोर हाइड्रोपावर कम्पनी र कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तका शेयरधनीले साढे छ प्रतिशत र बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले साढे पाँच प्रतिशत गुमाएका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend