logo

२०८३ साउन १४ बिहिबार

पुलिससँग फ्रेन्ड्स पराजित

पुलिससँग फ्रेन्ड्स पराजित


हाम्रो राष्ट्र
  • सोमबार, २७ चैत्र २०७९
  • 923
    SHARES

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले जितेको छ। सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हरायो । पुलिसका लागि बुद्धबल तामाङले दुई र मोसेसले एक गोल गरे । फ्रेन्ड्सका जेब्रिनले एक गोल फर्काए ।

    सात खेलमा पहिलो जित निकालेको पुलिस चार अङ्कसहित तालिकाको पुछारमै छ । चार अङ्क नै रहेको फ्रेन्ड्स पुछारबाट दोस्रो स्थानमा छ ।

    आजै दशरथ रङ्गशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका छन् । चर्च ब्वाइज १३ अङ्कसहित तालिकाको चौथो र एपीएफ ११ अङ्कसहित पाँचौँ स्थानमा छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend