logo

२०८३ साउन १५ शुक्रबार

‘प्रधानसेनापति ट्रफी’ सुरु

‘प्रधानसेनापति ट्रफी’ सुरु


हाम्रो राष्ट्र
  • सोमबार, २७ चैत्र २०७९
  • 949
    SHARES

    काठमाडौं । नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी–२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा सोमबार आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका छन् ।

    आगामी वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ खेल समावेश गरिएको छ । जसमा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी विधाका खेलहरु समावेश गरिएको छ ।

    प्रतियोगिताका खेलहरु भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदानका साथै छाउनीस्थित जगदल गण र लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा सञ्चालन हुनेछ ।

    उत्कृष्ट खेल प्रतिभाहरुको पहिचान गरी खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्ने उद्देश्यले २०६५ सालदेखि सुरु भएको ‘प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता’ नेपाली खेलकुद क्षेत्रको विकासका लागि कोसेढुङ्गा साबित भएको विश्वास नेपाली सेनाको छ ।

    उद्घाटनका अवसरमा आज महिलाहरुको एक हजार पाँच सय मिटर र पुरुषहरुको आठ सय मिटर दौडमा विजयी हुने खेलाडीहरुलाई प्रधानसेनापति शर्माले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा महिलातर्फ लिजा लम्तरीले ५ मिनेट १७ सेकेन्डमा दौड पूरा गरी प्रथम भएकी थिइन् ।

    त्यस्तै, सोमिता पहरीले ५ मिनेट २३ सेकेन्ड समयमा द्वितीय र निशा बुढामगरले ५ मिनेट २५ सेकेन्डको समयमा दौड पूरा गरी तृतीय भएकी थिइन् । त्यस्तै, पुरुषतर्फ ४ मिनेट १० सेकेन्ड डौड पूरा गरी रामचन्द्र बानियाँ प्रथम भए । मिलन कार्कीले ४ मिनेट १० सकेन्ड बढी समयमा दोस्रो हुनुभयो भने दीपेन्द्रनाथ ४ मिनेट १३ सेकेन्डमा डौड पूरा गरी तृतीय भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend