logo

२०८३ असोज ७ बुधबार

सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई

सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई


हाम्रो राष्ट्र
  • मंगलबार, २८ चैत्र २०७९
  • 975
    SHARES

    पथरी । सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई पछि पार्दै नेपाली उपाधि जित्न सफल भएका हुन् । उपाधिसहित उनले रु ५१ हजार पुरस्कार प्राप्त गरे ।

    फ्रेन्डसीप चेस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा काभ्रेपलाञ्चोकका खोमप्रसाद तिम्सिना दोस्रो र झापाका प्रकाशचन्द्र नेपाल तेस्रो भए । तिम्सिनाले ३५ हजार र नेपालले  २५ हजार पुरस्कार प्राप्त गरे । चौथो भएका पुकार राईले  २० हजार र पाँचौँ हुने नवीन तुण्डकारले  १५ हजार पुरस्कार प्राप्त गरे । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोलगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सहभागी ३२ विधातर्फका खेलाडीलाई पुरस्कृत गरिएको थियो ।

    पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा चार दिनसम्म सञ्चालित उक्त प्रतियोगितामा देशभरिका खेलाडी सहभागी थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend