logo

२०८३ असोज ७ बुधबार

वित्तिय क्षेत्र सुरक्षित रहेको गभर्नर अधिकारीको दाबी

वित्तिय क्षेत्र सुरक्षित रहेको गभर्नर अधिकारीको दाबी


हाम्रो राष्ट्र
  • मंगलबार, २८ चैत्र २०७९
  • 910
    SHARES

    काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तिय क्षेत्र सुरक्षित रहेको दाबी गरेका छन् । नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का सम्बन्धमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले वित्तीय संस्थामा पुँजी पर्याप्तता, बढ्दो रेमिटेन्स, अघिल्लो वर्षको तुलनामा चालु खर्च घाटा सुधारिनुलगायत कारणले वित्तिय क्षेत्र सुरक्षित रहेको दाबी गरे । नेपालको अर्थतन्त्र सुधार उन्मुख रहेकाले वित्तीय क्षेत्र सुरक्षित रहेको गभर्नर अधिकारीको भनाइ छ ।

    उनले भने,‘सानोतिनो धक्काले नेपालको वित्तीय क्षेत्रलाई छुन सक्दैन । मंसिर, पुस,माघ र फागुनमा १ खर्ब रेमिटेन्स भित्रिएको छ ।’उनले पुँजी पर्याप्तता ११ प्रतिशत हुनुपर्नेमा १३ प्रतिशत रहेको बताए । साथै निष्क्रिय कर्जा समेत २.६३ प्रतिशत रहेको उल्लेख गर्दै उनले विद्युतीय कारोबार उल्लेख बढेको पनि बताए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend