logo

२०८३ साउन १५ शुक्रबार

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य


हाम्रो राष्ट्र
  • बुधबार, २९ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलाको एक हजार रुपैयाँले बढेको छ । मंगलबार सुन प्रतितोला पाँचसय रुपैयाँले रुपैयाँले बढेको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ ।

    यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको भाउ पनि बढेको छ । बुधबार चाँदी १५ रुपैयाँले बढेर तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १४ सय ४० मा खरिदबिक्री भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend