logo

२०८३ साउन १४ बिहिबार

नेप्सेमा ९२ अङ्कको बृद्धि

नेप्सेमा ९२ अङ्कको बृद्धि


हाम्रो राष्ट्र
  • बुधबार, २९ चैत्र २०७९
  • 988
    SHARES

    काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से उच्च अङ्कले बढेको छ । बुधबार नेप्से ९२ दशमलव २२ अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ५५ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ ।

    दुई सय ६७ वटा कम्पनीका ६१ लाख सात हजार कित्ता शेयर एक अर्ब ९७ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर ११ करोड ७१ लाख रुपैयाँमा कारोबार भयो ।

    आज आदर्श लघुवित्त, गणपति लघुवित्त, खप्तड लघुवित्त र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरेले उकालो लागेको छ । कारोबार भएका सबै कम्पनीको शेयर बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend