logo

२०८३ साउन १४ बिहिबार

अभ्यास खेलमा ओमान नेपालसँग पराजित

अभ्यास खेलमा ओमान नेपालसँग पराजित


हाम्रो राष्ट्र
  • शनिबार, २ बैशाख २०८०
  • 923
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपको तयारीको रुपमा भएको ओमानसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार ओमानले दिएको २ सय ४७ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो ।

    नेपालका लागि अर्जुन साउदले ६७, दिपेन्द्रसिंह ऐरीले ५९ र रोहित पौडेलले रिटायर्ट हर्ट हुँदै ५८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले १५, देव खनालले २, कुशल मल्लले ८, सन्दीप जोराले ११ र भीम सार्कीले १ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको ओमानको लागि शोहिब खानले सर्वाधिक ८९ र कश्यप प्रजापतिले ४२ रन बनाए ।

    नेपालका किशो महतोले ३ तथा प्रतिश जिसी र सूर्य तामाङले २÷२ विकेट लिए । श्याम ढकाल र कुशल मल्लले १÷१ विकेट लिए । एसीसी प्रिमियर कप अघि नेपालले ओमानसँग अभ्यास खेल खेलेको हो । नेपालले १८ अप्रिलमा मलेसियासँग खेल्दै प्रिमियर कपको शुरुवात गर्नेछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend