logo

२०८३ साउन १३ बुधबार

म्यानचेस्टर युनाइटेडसँग नटिङहम पराजित

म्यानचेस्टर युनाइटेडसँग नटिङहम पराजित


हाम्रो राष्ट्र
  • सोमबार, ४ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित भएको छ ।

    युनाइटेडले नटिङहम फरेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै युनाइटेडलाईबशीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।

    द सिटी ग्राउन्ड नटिङहममा युनाइटेडको जितमा एक गोल डिएगो डालोटको नाममा रह्यो भने अर्को गोल विंगर एन्टोनीले गरे ।

    यो जितसँगै युनाइटेड ३० खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित नटिङहम ३१ खेलबाट २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend