logo

२०८३ असोज ७ बुधबार

फ्रेन्ड्सद्वारा शेर्पा पराजित

फ्रेन्ड्सद्वारा शेर्पा पराजित


हाम्रो राष्ट्र
  • सोमबार, ४ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब फराकिलो अन्तरले विजयी भएको छ । एन्फा मैदानमा सोमबार भएको खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पा क्लबको पोष्टमा ६ गोल गरेको छ । फ्रेन्ड्सलाई जिताउनका राफिक अमिनुले २ गोल गर्दा अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले एक एक गोल थपेका थिए ।

    जारी सिजनमा फ्रेन्ड्सको यो दोस्रो जित हो भने शेर्पाको चौथो हार हो । फ्रेन्ड्स ८ अंकसहित तालिकाको १२ औं स्थानमा उक्लिएको छ भने शेर्पा ९ अंकका साथ ११ औं स्थानमा छ । यससँगै शहीद स्मारक ए डिभिजन लिगमा नवौं चरणका खेल पनि सकिएका छन् ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend