logo

२०८३ असोज ७ बुधबार

एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा


हाम्रो राष्ट्र
  • बुधबार, ६ बैशाख २०८०
  • 988
    SHARES

    काठमाडौं । इटालियन क्लब एसी मिलान १६ वर्षपछि च्याम्पियनसिप लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् २००७ मा उपाधि जितेयता मिलान सेमिफाइनल पुगेको यो पहिलो पटक हो ।

    मंगलबार राति भएको क्वाटर फाइनलको दोस्रो लेगमा नेपोलीसँग बराबरीको खेलेको भएपनि समग्रमा २–१ को जित निकाल्दै मिलान सेमिफाइनलमा प्रवेश गरेको हो । खेल नेपोलीको घरेलु मैदानमा भएको थियो । पहिलो हाफको ४३ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाएका थिए ।

    दुवै इटालियन क्लबको रोमाञ्चारी खेलमा दुवै पक्षले गोल गर्ने प्रयास गरे पनि सकिरहेका थिएनन् । तर खेल सकिनै लाग्दा ९० औं मिनेटमा नेपोलीको भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । तर, यसअघि भएको खेलमा एसी मिलानले १–० को अन्तरले बिजयी भएको हुदाँ सेमिफाइनल यात्राका लागि एक गोलको एडभान्टेज लिने मौका पायो । जुन एडभान्टेजले उसलाई सेमिफाइनलमा प्रवेश गरायो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend