logo

२०८३ साउन १५ शुक्रबार

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच राष्ट्रपतिको निर्वाचनकाबारेमा छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच राष्ट्रपतिको निर्वाचनकाबारेमा छलफल


हाम्रो राष्ट्र
  • आइतबार, ७ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    काठमाडौँ । राष्ट्रपतिको निर्वाचनका विषयमा कांग्रेसका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

    आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलाले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

    भेटमा कांग्रेस नेताहरुले राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले पार्टीभित्र छलफल गरेर यसबारे निर्णय दिने बताएका छन् ।

    कांग्रेस नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक भएको र प्रधानमन्त्रीले पार्टीभित्र छलफल गरेर निर्णय दिने भनेको जानकारी दिए ।

    राष्ट्रपतिको निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारको मनोनयन दर्ताको समय छ । प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार अपरान्ह पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend