logo

२०८३ साउन १५ शुक्रबार

नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य

नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ बैशाख २०८०
  • 988
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर लिगमा ओमानलाई नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरका ८ विकेट गुमाउँदै ३१० रन बनाएको हो । नेपालले अहिलेसम्मकै विशाल रन बनाएको हो । अहिलेसम्म नेपालले विपक्षीलाई सर्वाधिक २९७ रनको लक्ष्य दिएको थियो ।

    कुशल मल्लले नेपालका लागि १०८ रनको शतकीय पारी खेलेका छन् । त्यस्तै नेपालका सोमपाल कामीले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा नौ चौकाको मद्दतले अविजित ६३ रन बनाए । त्यस्तै करण केसीले १५ बलमा दुई चौका र एक छक्काको मद्दतले अविजित २९ रन बनाए । ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेटट लिँदा विलाल खान, कलिमउल्ला, फायाज बट, अकिव इलियास र जतिन्दर सिंहले एक एक विकेट लिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend