logo

२०८३ असोज ७ बुधबार

एसीसी प्रिमियर कपमा नेपालको लगातार जित

एसीसी प्रिमियर कपमा नेपालको लगातार जित


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ बैशाख २०८०
  • 988
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

    ३११ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको ओमानको टिम ४६.३ ओभरमा सवै विकेट गुमाएर २२६ रनमा रोकिन पुग्यो । जितसँगै नेपाल समूह ए मा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा छ । यो सँगै नेपाल सेमिफाइनल नजिक पनि पुगेको छ । नेपाललाई जित दिलाउने क्रममा सन्दीप लामिछाने र करण केसीले समान ३–३ विकेट लिँदा दिपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशीले १ विकेट हात पारे ।

    ओमानका मोहम्मद नदिमले ६५ रनको अर्धशतकीय पारि खेल्दा सन्दीप गौड ४६ रनमा आउट भए । यसैगरी आयान खानले २९ र कश्यप प्रजापतीले २५ रनको योगदान गरे । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरका ८ विकेट गुमाउँदै ३१० रन बनाएको हो । नेपालले अहिलेसम्म कै विशाल रन बनाएको हो ।

    ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेट लिँदा विलाल खान, कलिमउल्ला, फायाज बट, अकिव इलियास र जतिन्दर सिंहले एक एक विकेट लिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend