logo

२०८३ असोज ६ मंगलबार

सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छः मुख्यमन्त्री शाह

सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छः मुख्यमन्त्री शाह


हाम्रो राष्ट्र
  • सोमबार, ८ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूले चाँडै विश्वासको मत पाउने दाबी गरेका छन् ।

    सोमबार मुख्यमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको बताएका हुन् ।

    प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने आशंका व्यक्त भएको बताउँदै शाहले प्रदेश सरकार पूर्ण कार्यकाल चल्ने दाबी गरे ।

    उनले भने, ‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ। केही दिनमा हामी विश्वासको मत लिन्छौँ। सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ।’

    मध्यावधि निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले नचाहेको भन्दै उनले फेरि चुनावमा गए जनताले लखेट्ने बताए । २७ पुसमा मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।

    उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दल (नेपाली कांग्रेस)को संसदीय दलको नेताको हैसियतमा शाह २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend