logo

२०८३ साउन १३ बुधबार

एट्लेटिकोलाई हराउँदै बार्सिलोनाको अग्रता कायमै

एट्लेटिकोलाई हराउँदै बार्सिलोनाको अग्रता कायमै


हाम्रो राष्ट्र
  • सोमबार, ११ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । स्पेनिस ला–लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले आफनो अग्रता कायमै राख्न सफल भएको छ । बार्सिलोनाले तेस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै आफनो अग्रता कायमै राखेको हो ।

    आइतबार बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका फेरान टोरेसले खेलको ४४ औँ मिनेटमा गरेको गोल नै अन्ततः निर्णायक बन्न पुग्यो । उनले गरेको एकमात्र गोल तीन अंकका लागि निर्णायक बनिदिा बार्सिलोनाले ३० खेलबाट ७६ अंक जुटाउन सफल भएको छ भने एट्लेटिको म्याड्रिडको ६० अंकमा सिमित रहन पुगेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend