logo

२०८३ साउन १३ बुधबार

वर्षाका कारण नेपाल र साउदी अरबबीचको खेल रद्द , दुबैलाई एक-एक अंक

वर्षाका कारण नेपाल र साउदी अरबबीचको खेल रद्द , दुबैलाई एक-एक अंक


हाम्रो राष्ट्र
  • सोमबार, ११ बैशाख २०८०
  • 897
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा हुने भनिएको खेल वर्षाका कारण टस हुन नसकी रद्द भएको हो ।

    खेल रद्द भएसँगै नेपाल र साउदी अरेबियाले अंक बाँडे्का छन् । मूलपानीको माथिल्लो मैदानमा बिहान साढे आठ बजे हुनु पर्ने टस वर्षा कारण हुन सकेको थिएन् ।

    समूह ‘ए’ मा रहेका नेपाल र साउदी अरबबीचको खेल मूलपानी मैदानमा अहिले ९ बजेदेखि सुरु हुनुपर्ने तालिका थियो । खेल रद्द भएपछि नेपालले एक खेल बाँकी छँदै सेमिफाइनलमा स्थान बनाएको छ । समुह ए मा नेपाल तीन खेलबाट पाँच अंक बनाउँदै एक खेल अगाडि नै सेमिफाइनलमा स्थान बनाएको हो ।

    दोस्रो स्थानमा रहेको ओमानको तीन खेलबाट चार अंक रहेको छ । त्यस्तै साउदी अरेविया तीन अंक सहित तेस्रो, चौथो स्थानमा रहेको मलेसियाको दुई अंक रहेको छ । समुहको पुछारमा रहेको कतारले खाता खोल्न सकेको छैन ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend