logo

२०८३ साउन १५ शुक्रबार

जुम्ला–रारा अल्ट्रा म्याराथनमा कुँवर प्रथम

जुम्ला–रारा अल्ट्रा म्याराथनमा कुँवर प्रथम


हाम्रो राष्ट्र
  • मंगलबार, १२ बैशाख २०८०
  • 975
    SHARES

    कर्णाली । कर्णालीको पर्यटन प्रवद्र्धन गर्न आयोजित चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगितामा जुम्लाका दलबहादुर कुँवरले चार घन्टा ५४ मिनेट १० सेकेन्डमा पूरा गरी प्रथम भएको छ ।

    कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु गरिएको ४९ किलोमिटरको सो प्रतियोगितामा चार घन्टा ५७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय भएका छन् ।

    यसैगरी पाँच घन्टा आठ मिनेट ४१ सेकेन्डमा तोकिएको दूरी पार गरी शेरबहादुर बुुढा तृतीय स्थानमा आउन सफल भएको क्लब सचिव मधुुराज न्यौपानेले बताए । प्रतियोगितामा पाँच घन्टा २६ मिनेट ५५ सेकेन्डमा सो दूरी पार गरेर लालचन्द्र रावल चौथो, पाँच घन्टा ३३ मिनेट आठ सेकेन्डमा सो दूरी पार गरेर सोवबहादुर रावतले पाँचौं स्थान प्राप्त गरेको क्लबले जनाएको छ ।
    महिलातर्फ मञ्जुु प्रथम

    महिलातर्फ छ घन्टा छ मिनेट २३ सेकेन्डमा जुुम्लाकै मञ्जु रावत प्रथम, छ घन्टा ५४ मिनेट २७ सेकेन्डभित्र पार गरी गङ्गा भण्डारी द्वितीय र सात घन्टा पाँच मिनेट ४६ सेकेन्डमा पार गरी अनिता बुढा तृतीय भएका छन् । सात घन्टा ५५ मिनेट ३९ सेकेन्डमा सो दूरी पार गर्दै उमाकली बुढा चौथो र सात घन्टा ५९ सेकेन्ड १५ मिनेटमा दूरी पार गर्दै कुुसा बुुढा रोकायाले पाँचौँ स्थान प्राप्त गरिन् ।

    प्रतियोगिताको उपाधि जित्ने पुुरुष, महिला सबै जुम्लाका हुन् । प्रतियोगितामा जुुम्लाबाट रारा हुटुुसम्मको ४९ किलोमिटरमा भाग लिएका ७० मध्ये ५१ मात्रै रारा पुगेको कर्णाली स्पोर्टस् क्लब जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः एक लाख, ७५ हजार रु ५० र चौथो र पाँचौँ हुने खेलाडी २०–२० हजार नगदसहित प्रमाणपत्र प्रदान गरेको क्लबका अध्यक्ष शाहीले बताए ।

    म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीले समुद्री सतहदेखि तीन हजार छ सय मिटर उचाइमा दौडेका थिए । प्रतियोगिताले कर्णालीको पर्यटन प्रवद्र्धनका साथै पर्यटकीय क्षेत्रको प्रचार– प्रसारमा टेवा पुुग्ने उद्देश्यले हरेक वर्ष लोकतन्त्र दिवसको अवसर पारेर क्लवले जुम्ला–रारा अल्ट्रा म्याराथन गर्दै आएको छ ।

    प्रतियोगितामा नेपालका १९ जिल्लाका खेलाडीसहित विदेशीतर्फ अमेरिकाका दुई, भारतका एक, आयरल्यान्डका एक र बेलायतका एक खेलाडी सहभागी भएको जनाइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend