logo

२०८३ साउन १५ शुक्रबार

कतारलाई पराजित गर्दै प्रिमियर कपमा नेपाल सेमिफाइनलमा

कतारलाई पराजित गर्दै प्रिमियर कपमा नेपाल सेमिफाइनलमा


हाम्रो राष्ट्र
  • बिहिबार, १४ बैशाख २०८०
  • 936
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले कतारलाई पराजित गरेको छ । बिहीबार भएको खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो ।

    नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको कतार ओभरमा रन बनाउँदा अलआउट भयो । कतारका जहीर इब्राहिम र खुर्रम शहजादले समान १५/१५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ४० ओभर ३ बलमा १ सय ५७ रनमा अलआउट भयो । नेपालका सन्दीप लामिछानेले सर्वाधिक नटआउट ४२ रन बनाए ।

    यस्तै कप्तान रोहित पौडेलले २७ रन बनाए । कतारका आमिर फरूकले ४ र ओइस अहमदले ३ विकेट लिए । नेपाल ४ खेलमा ७ अङ्कसहित समूह विजेता बनेको हो । नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो ।

    प्रतियोगिताको पहिलो सेमिफाइनलमा समूह ’ए’ को विजेताले समूह ’बी’ को उपविजेतासँग खेल्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा समूह ’बी’ को विजेताले समूह ’ए’ को उपविजेतासँग खेल्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend