logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माअ‍ोवादीको पदाधिकारी बैठक सुरु

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माअ‍ोवादीको पदाधिकारी बैठक सुरु


हाम्रो राष्ट्र
  • सोमबार, ८ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुनेछ ।

    माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ भने अर्को सत्तारुढ दल नेकपा एमालेले आफ्नो पार्टीले उठाउने उम्मेदवारमा सहमति हुनुपर्ने बताउँदै आएको छ ।

    आजको माओवादी पदाधिकारी बैठकले गर्ने निर्णयले आगामी राष्ट्रपतिकाबारेमा स्पष्ट हुने अपेक्षा गरिएको छ । यसअघि आइतबार साँझ नेपाली कांग्रेसका नेताहरुले राष्ट्रपतिमा आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गरेका थिए ।

    त्यस्तै आजको बैठकअघि प्रधानमन्त्री र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच पनि भेटवार्ता भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend