logo

२०८३ साउन १५ शुक्रबार

अमेरिकी राष्ट्रपति बाइडनको आकस्मिक युक्रेन भ्रमण

अमेरिकी राष्ट्रपति बाइडनको आकस्मिक युक्रेन भ्रमण


हाम्रो राष्ट्र
  • सोमबार, ८ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेनको राजधानी किएभ पुगेका छन् ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गरेका छन् । पोलिश समकक्षी आन्जेइ दुदालाई भेट्न युक्रेनको छिमेकी राष्ट्र पोल्यान्ड पुगेका अमेरिकी राष्ट्रपति अकस्मात् किएभ पुगेका हुन् ।

    युक्रेनको राजधानीमा महत्त्वपूर्ण व्यक्ति आउने सङ्केत त्यसअघि नै प्राप्त भइसकेको थियो । तर सुरक्षाका कारण बाइडनको भ्रमण गोप्य राखिएको थियो ।

    उच्चस्तरीय भ्रमणको खबरका बीच किएभमा केही सडक खाली गराइएको थियो । युक्रेनमाथि रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको एक दिनअघि बाइडन युक्रेन पुगेका हुन् ।

    नौ वर्षअघि सरकारविरोधी प्रदर्शनका क्रममा मृत्यु भएका १०७ व्यक्तिको सम्झना गरिने दिन बाइडनले जेलेन्स्कीलाई भेट गरेका हुन् ।

    उनका अनुसार पूर्ण स्तरको आक्रमण सुरु भएको एक वर्ष पुग्न लागेको बेला यो भ्रमणले मस्कोलाई अमेरिका र पश्चिमा राष्ट्रहरू युक्रेनलाई सहयोग गर्नबाट पछि नहट्ने स्पष्ट सङ्केत दिएको छ।

    एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति बाइडनले आफ्नो किएभ भ्रमणले युक्रेनको लोकतन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको हाम्रो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने बताएका छन्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend