logo

२०८३ असोज ७ बुधबार

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा


हाम्रो राष्ट्र
  • शनिबार, १६ बैशाख २०८०
  • 910
    SHARES

    काठमाडौं । नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनलमा पुगेको हो ।

    नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोड्दा खेल वर्षाले रोकिएको थियो । वर्षा हुनुअघि नेपालका करण केसीले पाँच विकेट लिएका थिए ।

    उनले ४.३ ओभरमा १ मेडन राख्दा १० रन खर्चिए। सोमपाल कामीले एक विकेट हात पारे । वर्षाले प्रभावित भएका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २८१ रन जोड्यो।

    डिएलएस मेथडका कारण कुवेतले २८१ रनकै लक्ष्य पायो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ९४ रन जोडे। ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे । कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए। कुशलले ४४ बलमा समान ४–४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे । अब नेपालले सोमबार हुने फाइनलमा युएई र ओमानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend