logo

२०८३ असोज ६ मंगलबार

रासायनिक मल खरिदका लागि थप साढे सात अर्ब बजेट

रासायनिक मल खरिदका लागि थप साढे सात अर्ब बजेट


हाम्रो राष्ट्र
  • सोमबार, ८ फाल्गुन २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयले थप सात अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चित गरेको छ ।

    अर्थ मन्त्रालयले सोमबार प्रेस नोट जारी गर्दै रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयकले गरेको प्रस्तावमा सहमति दिएको जनाएको छ ।

    “स्रोत सुनिश्चित भएको रकममध्ये दुई अर्ब ४० करोड बराबर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने दुई अर्ब ५० करोड आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ ।

    त्यस्तै, दुई अर्ब ६० करोड बराबर दायित्व सिर्जना भएपछि निकासा गरिनेछ”, अर्थ मन्त्रालयले भनेको छ ।

    रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमार्फत  १५ अर्ब विनियोजन गरिएको थियो ।

    मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्बको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल खरिदका लागि थप रकम माग गरेपछि पुनःस्रोतको व्यवस्था गरिएको हो ।

    रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने विषयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मालगायतसँग छलफल गरेकी थिइन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend