logo

२०८३ साउन १४ बिहिबार

पिएसजी लोरिएन्टसँग ३–१ ले पराजित

पिएसजी लोरिएन्टसँग ३–१ ले पराजित


हाम्रो राष्ट्र
  • सोमबार, १८ बैशाख २०८०
  • 845
    SHARES

    काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा लोरिएन्टसँग पराजित भएको छ । फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी घरेलु मैदानमा लोरिएन्टसँग ३–१ ले पराजित भएको हो । पार्क डेस प्रिन्सेस पेरिसमा आइतबार राति भएको खेलको १५औं मिनेटमा एन्जो लि फिको गोलबाट लोरिएन्टले सुरुवाती अग्रता लिएको थियो ।

    तर, २९औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याई दिए । डारलाइन योङ्वाले ३९औं मिनेटमा थप गोल गरे पछि लोरिएन्ट पहिला हाफमा २–१ को अग्रता लिन सफल भयो । डिफेन्डर अचरफ हाकिमी १५ मिनेटको अन्तरमा दोहोरो पहेलो कार्ड खाँदै २० अ‍ौं मैदानबाट बाहिरिनु परेको थियो ।

    जसकाकारण पनि लोरियन्टसँग पिएसजीले १० खेलाडीमा सीमित भएर खेल खेल्नु परेको थियो । उता, खेल सकिन केही समय बाँकी रहदाँ ८८औं मिनेटमा एहमाडोउ बम्वा डिइङले गोल गर्दै लोरिएन्टले ३–१ को अन्तर कायम गर्न सफल भयो ।

    त्यसपछि कतैवाट पनि गोल हुन सकेन । र, घरेलु मैदानमा पिएसजी ३–१ ले पराजित हुन पुग्यो । यस खेलमा पराजय भए पनि पिएसजी ३३ खेलबाट ७५ अंकसहित शिर्षस्थानमा छ भने लोरिएन्ट ३३ खेलबाट ४८ अंकसहित १०औं स्थानमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend