logo

२०८३ असोज ७ बुधबार

यमनमा हुथी विद्रोहीको आक्रमणमा ९ जनाको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा ९ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    यमनको उत्तरी प्रान्त अल–जावफमा रहेको सरकारी सेनाका टुकडीहरूमा हुथी विद्रोहीहरूले रातभरी गरेको आक्रमणमा नौ जनाको मृत्यु भएको छ ।

    “सरकारी सेना र हुथी लडाकुहरूबीच अबतार क्षेत्र र साउदी अरेबियाको सिमाना जोडिएको अन्य थुप्रै क्षेत्रहरूमा आइतबार रातभर सशस्त्र भिडन्त भएको थियो जसमा कम्तीमा चार सैनिक र पाँच विद्रोहीको मृत्यु भएको स्थानीय सैन्य अधिकारीले नाम नछाप्ने सर्तमा बताएका छन् ।

    “सरकारी सेनाले विद्रोहीको आक्रमणलाई रोक्न सफल भयो,” उनले भने । हुथीहरूले विगत केही समयदेखि साउदी अरेबियाको सीमावर्ती क्षेत्रमा तैनाथ यमनी सरकारी सेनामाथि आक्रमणलाई तीव्र पारेका छन् ।

    गत वर्ष अक्टोबरमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा गरिएको युद्धविरामको म्याद सकिएपछि यमनले स्थानीय युद्धरत गुटहरूबीच छिटफुट सशस्त्र भिडन्त ब्यहोरिरहेको छ

    यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ । हुथी मिलिसियाले थुप्रै उत्तरी सहरहरूमा आक्रमणलाई तीव्र पार्दै यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend