logo

२०८३ साउन १३ बुधबार

नेपाललाई एसीसी प्रिमियर कपको उपाधि

नेपाललाई एसीसी प्रिमियर कपको उपाधि


हाम्रो राष्ट्र
  • मंगलबार, १९ बैशाख २०८०
  • 767
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि नेपालले हात पारेको छ । युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । उपाधिसँगै नेपाल एसिया कपका लागि छनौट भएको छ । जितका लागि पाएको ११८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको थियो ।

    जसमा गुल्शन झा र भीम सार्कीले उत्कृष्ट ब्याटिङ गरे । गुल्शन ६७ र भीम ३६ रनमा अविजित रहे । २२ रन जोड्दा ३ विकेट गुमाएर संकटमा परेको नेपाली टोलीलाई भीम र गुल्शनले सम्हालेका थिए । यी दुईबीच ९६ रनको साझेदारी भयो । नेपालले अब एसिया कपमा भारत, पाकिस्तानलगायतका देशसँग खेल्नेछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend