logo

२०८३ असोज ७ बुधबार

ए डिभिजन लिगमा शेर्पाको जित

ए डिभिजन लिगमा शेर्पाको जित


हाम्रो राष्ट्र
  • बुधबार, २० बैशाख २०८०
  • 923
    SHARES

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । च्यासल मैदानमा बुधबार भएको खेलमा शेर्पाले सातदोबाटोलाई १–० गोल अन्तरले पराजित गरेको हो । हारसँगै सादोबाटो लिग तालिकाको शीर्ष स्थानमा सकेन ।

    शेर्पालाई जिताउन विदेशी खेलाडी खामिर गिल्सनले गरेको १ मात्र गोल नै निर्णायक बन्न पुग्यो । पहिलो हाफ बराबरीमा सकिएको खेलमा शेर्पाले ६५ औं मिनेटमा गोलको खडेरी तोडेको थियो । गिल्सनले गरेको गोलको अग्रता शेर्पाले अन्तिमसम्म जोगाउँदै महत्वपूर्ण ३ अंक लिन सफल भयो ।

    जितसँगै शेर्पा १७ अंकका साथ तालिकाको आठौं स्थानमा उक्लिएको छ । पराजित भएको सातदोबाटो २२ अंकका साथ शीर्ष चारमा रहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend