logo

२०८३ असोज ७ बुधबार

शेर्पाद्वारा पुलिस पराजित

शेर्पाद्वारा पुलिस पराजित


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ बैशाख २०८०
  • 910
    SHARES

    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले रेलिगेसन क्षेत्रको नेपाल पुलिस क्लबमाथि सहज जित हात पारेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा सुरुवाती अग्रता हिमालयन शेर्पाले नै लिएको थियो ।

    खेलको १४ औँ मिनेटमा अबायोमी फाकुन्लेले गोल गर्दै हिमालयन शेर्पालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३० औँ मिनेटमा पुलिका लागि सौजन राईले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।

    त्यसपछि खेलको ५१ औँ मिनेटमा अमृत श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई २–१ गोल अन्तरको जित दिलाए । जितसँगै हिमालयन शेर्पा १५ खेलबाट २० अंकका साथ लिगको सातौँ स्थानमा उक्लिएको छ । पराजित पुलिस क्लब भने समान खेलबाट १५ अंकका साथ पुछारबाट दोस्रोमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend