logo

२०८३ असोज ७ बुधबार

सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ बैशाख २०८०
  • 988
    SHARES

    काठमाडौं । सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दक्षिण कोरियाको जेन्जुमा यही वैशाख २० देखि ३० गतेसम्म हुने प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

    पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको प्रतियोगितामा सहभागी हुन १३औँ दक्षिण एसियाली खेलकुदका रजत विजेता सागरसहित तीन सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरिया प्रस्थान गर्दैछ । प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । नेपालको खेल वैशाख ३० गते हुनेछ ।

    टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठ, काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, भारोत्तोलनका मुख्य प्रशिक्षक राम पौडेल, प्रशिक्षक, खेलाडीलगायतले शुक्रबार आयोजित एक कार्यक्रममा सफलताको शुभकामना व्यक्त गरे ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend