logo

२०८३ साउन १३ बुधबार

राजनीतिक पदहरूको बाँडफाँटमा हाम्रो पार्टीलाई पनि भूमिका दिनुपर्छः अध्यक्ष नेपाल

राजनीतिक पदहरूको बाँडफाँटमा हाम्रो पार्टीलाई पनि भूमिका दिनुपर्छः अध्यक्ष नेपाल


हाम्रो राष्ट्र
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    दाङ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको उम्मेदवार बन्नेबारे भने आफूले केही नसोचेको बताएका छन् ।

    मंगलबार दाङको भालुवाङमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिको उम्मेदवारबारे आफू र आफ्नो पार्टीले केही नसोचेको बताएका हुन् । उनले राजनीतिक पदहरूको बाँडफाँटमा आफ्नो पार्टीलाई पनि भूमिका दिनुपर्ने बताए । उनले भने, ‘चाहना राख्ने बेग्लै कुरा हो। मैले पनि आफूले के गर्ने भन्ने सोचेको छैन, हाम्रो पार्टीले पनि सोचेको छैन ।’

    उनले गत मंसिर ४ गतेको चुनावअघि नै तत्कालीन सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रसँग भने आफूले राष्ट्रपतिबारे कुरा गरेको बताए । उनले मूल्य, मान्यता र आदर्शलाई त्यागेर कुनै किसिमको सहमति, सम्झौता नगर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend