logo

२०८३ असोज ७ बुधबार

आर्मी र संकटा बराबरीमा

आर्मी र संकटा बराबरीमा


हाम्रो राष्ट्र
  • आइतबार, २४ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । शहिद स्मारक ए डिभिजनमा त्रिभुवन आर्मी र संकटाले बराबरी खेलेका छन् । दोस्रो लेगमा आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा  संकटा क्लवसँग एक एक गोलको बराबरीमा रोकिएको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलको १८ औं मिनेटमा भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। उनले नवयुग श्रेष्ठले उपलब्ध गराएको पासमा गोल गरेका हुन् ।

    भरत खवासको जारी लिगमा यो पहिलो गोल रहेको छ । त्यसपछि खेलको अतिरिक्त समयको अन्तिम समयमा संकटाले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको हो ।

    आर्मीका खेलाडीले संकटाका खेलाडीलाई पेनाल्टी एरियामा लडाएपछि पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा युशुफ अत्रिसले गोल गर्दै आमीसँग एक अंक खोस्न सफल भएका छन् । बराबरीसँगै संकट १५ खेलबाट १७ अंक बनाउँदै अहिलेका लागि रेलिगेशन जोनबाट बाहिर निस्केको छ । आर्मीले १५ खेलबाट २१ अंक रहेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend