चीनले कोरियाली प्रायद्वीप समस्याको समाधान राजनीतिक समाधान खोजिनु पर्नेमा जोड दिएको छ । साथै उसले त्यसनिम्ति सम्बद्ध पक्षको प्रतिबद्धता अपरिहार्य भएको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घ लागि चीनका स्थायी उपप्रतिनिधि डाई बिङले कोरियाली प्रायद्वीपमा फेरि द्वन्द्व बढेको वास्तविकतातर्फ ध्यानाकर्षण गराउँदै स्थिति थप चर्किन सक्ने चेतावनी दिए ।
उनले द्वन्द्वबाट कुनै पक्षको हित नहुने बताउँदै चीनले कोरियाली प्रायद्वीपमा दिगो शान्ति चाहेको उल्लेख गरे ।
“हामी सम्बन्धित पक्षहरूलाई शान्त र संयमित हुन, राजनीतिक समाधानको सही दिशामा प्रतिबद्ध रहन आह्वान गर्छौँ । तनाव बढाउने कार्य नगर्न अपील गर्छौँ,” सुरक्षा परिषद् बैठकमा नियोग उपप्रमुख डाईले भने ।
कोरियाली प्रायद्वीप मुद्दाको जडमा जडमा ध्यान केन्द्रित गर्न आवश्यक भएको उनले बताए । उत्तरकोरियाले लामो समयदेखि ठूलो सुरक्षा दबाब, चुनौती र धम्कीको सामना गरिरहेको पनि उनले उल्लेख गरे ।
यो वर्षको सुरुदेखि नै संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले प्रायद्वीप वरिपरि संयुक्त सैन्य गतिविधि बढाएकाले उक्त क्षेत्रमा असुरक्षाको भावना बढेकाले सम्बद्ध पक्षलाई गम्भीर हुन नियोग उपप्रमुख डाईले आग्रह गरे । उत्तर कोरियासँग अमेरिकाले निःशर्त वार्ता गर्नुपर्नेमा पनि उनले जोड दिए ।
कोरियाली प्रायद्वीपको समस्या समस्या समाधानमा सुरक्षा परिषद्ले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै चिनियाँ कूटनीतिज्ञले प्रायद्वीपको वर्तमान अवस्था अत्यन्त संवेदनशील एवम् जटिल भएकाले परिषद्को गतिविधिले परिस्थितिलाई सहज बनाउन तथा आपसी विश्वास अभिवृद्धि गर्न मद्दत पुग्ने विचार व्यक्त गरे ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend