logo

२०८३ असोज ७ बुधबार

विश्व मिक्स बक्सिङमा आयुब र रुपेशलाई स्वर्ण

विश्व मिक्स बक्सिङमा आयुब र रुपेशलाई स्वर्ण


हाम्रो राष्ट्र
  • मंगलबार, २६ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । भारतको जम्मु कस्मिरमा मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा उनीहरुले कुङफुको सान्डामा स्वर्ण जितेको बूढानीलकण्ठ कुङफुका प्रमुख प्रशिक्षक सुकमान लामाले जानकारी दिए ।

    विश्व मिक्स बक्सिङ महासङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा आयुबले पुरुष ६० केजी तथा रुपेशले ७० केजी तौल समूहमा स्वर्ण जितेका हुन् । खेलाडीलाई बूढानीलकण्ठ नगरपालिका–५ का सदस्य रणबहादुर तामाङ, प्रमुख प्रशिक्षक लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend