logo

२०८३ साउन १५ शुक्रबार

मच्छिन्द्रलाई पराजित गर्दै चर्च ब्वाइज शीर्ष स्थानमा

मच्छिन्द्रलाई पराजित गर्दै चर्च ब्वाइज शीर्ष स्थानमा


हाम्रो राष्ट्र
  • बुधबार, २७ बैशाख २०८०
  • 845
    SHARES

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लब शीर्ष स्थानमा फर्किएको छ । एन्फा मैदान सातदोबाटोमा बुधबार भएको खेलमा चर्च ब्वाइजले मच्छिन्द्र क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा फर्कन सफल भएको हो ।

    चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गर्दा अर्को गोल उपहार पाएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत एक गोल गरेका थिए । चर्च ब्वाइज ३० अंक सहित शीर्ष स्थानमा छ भने मच्छिन्द्र २४ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend