logo

२०८३ साउन १४ बिहिबार

बार्सिलोनाका कप्तान बुस्केटले क्लब छाड्ने

बार्सिलोनाका कप्तान बुस्केटले क्लब छाड्ने


हाम्रो राष्ट्र
  • बिहिबार, २८ बैशाख २०८०
  • 936
    SHARES

    एजेन्सी । बार्सिलोनामा आवद्ध भएको १८ वर्षपछि कप्तान सर्जियो बुस्केटले क्लब छाडने भएका छन् । जारी सिजनको अन्त्यबाट कप्तान बुस्केटले बार्सिलोना छाड्ने निर्णय गरेका हुन् ।

    ३४ वर्षीय बुस्केटले बार्सिलोनाका लागि ७ सय १८ खेल खेलेका छन् भने बार्सिलोनाबाट सर्वाधिक धेरै खेल्ने तेस्रो खेलाडीको रुपमा बुस्केटको नाम अंकित भएको छ ।

    उनको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले ८ वटा लालिगा उपाधि, ७ वटा कोपा डेल रे, ७ वटा स्पेनिस सुपर कप र तीन च्याम्पियन्स लिगको उपाधि जितेको थियो । सन् २००५ मा युथ खेलाडीको रूपमा बी डिभिजनमा आबद्द भएका बुस्केट २००८ मा सिनियर टिममा डेब्यु गरेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend