logo

२०८३ साउन १४ बिहिबार

युक्रेनलाई पश्चिमा राष्ट्रहरूले रुसविरोधी बनाउने प्रयास गरेको पुटिनको आरोप

युक्रेनलाई पश्चिमा राष्ट्रहरूले रुसविरोधी बनाउने प्रयास गरेको पुटिनको आरोप


हाम्रो राष्ट्र
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा एक वर्षदेखि जारी युद्धका लागि पश्चिमा राष्ट्रहरूलाई दोष दिएका छन् ।

    रुसको संसद्मा सम्बोधन गर्दै उनले युक्रेनलाई पश्चिमा राष्ट्रहरूले रुसविरोधी बनाउने प्रयास गरेको भन्दै आफ्नो देशको अस्तित्व खतरामा रहेको बताएका छन् । यो पुटिनले झन्डै दुई वर्षमा राष्ट्रका नाममा गरेको पहिलो सम्बोधन हो ।

    पुटिनले युक्रेनको पूर्वी भेगमा रहेको डोनबास क्षेत्रको द्वन्द्व शान्तिपूर्ण रूपमा समाधान गर्न खोजेको दाबी गरेका छन् । पश्चिमा राष्ट्रहरूको शान्तिप्रतिको प्रतिबद्धता धोखा र क्रुर झूट रहेको पाइएको उनले बताए ।

    उनले भने, ‘राजनीतिक कारणले भएका हत्याहरू, विश्वास गरेकाहरू माथिको दुर्व्यवहारप्रति आँखा चिम्लिएर उनीहरू पश्चिमा राष्ट्रहरूले मात्र थप समय प्राप्त गर्न खोजिरहेका थिए ।’

    सम्बोधनको क्रममा उनले युद्धले रुसमा पारेको प्रभावबारे चर्चा गर्दै अग्रपङ्गतिमा खटिएकादेखि शिक्षक अनि कृषकसम्मलाई धन्यवाद दिएका छन् । झन्डै दुई घन्टा लामो सम्बोधनका क्रममा पुटिनले आफूहरूले युक्रेनका नागरिक विरुद्ध युद्ध नगरेको जनाएका छन् ।

    उनले पछिल्ला वर्षहरूमा पश्चिमी हस्तक्षेपलाई आतङ्कको अभियानको संज्ञा दिएका छन् । उनले भने, ‘म यो दोहोर्याउन चाहन्छु कि उनीहरू युद्धका लागि दोषी छन् र हामीले यसलाई रोक्नको लागि आफ्नो शक्ति प्रयोग गरिरहेका छौँ ।’

    यसैबीच अमेरिका र रुसबीचको न्यू स्टार्ट भनिने अस्त्र घटाउने सम्बन्धि एक रणनीतिक सन्धिबाट आफ्नो सहभागिता रद्द गर्ने पुटिनले घोषणा गरेका छन् । अमेरिकाले पारमाणविक अस्त्र परीक्षण गरे रुस पनि त्यस्तो गर्न तयार रहनुपर्ने उनले बताए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend