logo

२०८३ असोज २८ बुधबार

अर्बिट इन्टरनेशनलद्वारा आयोजित समिटमा UK र युरोप अध्ययनका सम्भावनाबारे जानकारी

अर्बिट इन्टरनेशनलद्वारा आयोजित समिटमा UK र युरोप अध्ययनका सम्भावनाबारे जानकारी


हाम्रो राष्ट्र
  • बुधबार, २ बैशाख २०८३
  • 1.9K
    SHARES

    काठमाडौं — विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्तिमा UK र युरोपमा अध्ययन गर्ने सुनौलो अवसर प्रस्तुत गर्ने उद्देश्यले UK & Europe Career Summit सफलतापूर्वक सम्पन्न भएको छ। April 13, बिहान 11 बजे आयोजना गरिएको उक्त कार्यक्रममा उच्च शिक्षामा रुचि राख्ने ठूलो संख्यामा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममार्फत सहभागीहरूले बेलायत तथा युरोपका उत्कृष्ट विश्वविद्यालयहरूमा अध्ययन गर्ने अवसर, छात्रवृत्ति योजना, भिसा प्रक्रिया, तथा करियर मार्गदर्शन सम्बन्धी विस्तृत जानकारी प्राप्त गरेका थिए।

    कार्यक्रममा Orbit International Education का Founder Director शेषराज भट्टराईले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूलाई खादा ओढाएर स्वागत गर्नुभयो।

    त्यसैगरी, Orbit International Education का Chairman प्रकाश पाण्डेले विद्यार्थीहरूलाई प्रेरणादायी सम्बोधन गर्दै संस्थाको उद्देश्य, सेवा तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा आफ्नो योगदानबारे महत्वपूर्ण जानकारी दिनुभयो। उहाँले विद्यार्थीहरूलाई सही मार्गदर्शनमार्फत विश्वस्तरीय शिक्षा हासिल गर्न प्रेरित गर्नुभयो।

    कार्यक्रममा सहभागी विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूले आफ्नो-आफ्नो देशका शैक्षिक प्रणाली, अन्तर्राष्ट्रिय विद्यार्थी जीवन, अध्ययनको वातावरण, करियर सम्भावना तथा अध्ययनपश्चातका अवसरहरूबारे विस्तृत जानकारी साझा गरेका थिए। कार्यक्रमको आकर्षणका रूपमा पहिलो 50 जना सहभागीहरूलाई movie tickets तथा अन्य आकर्षक उपहारहरू समेत प्रदान गरिएको थियो।

    समग्रमा, उक्त समिटले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी स्पष्ट दृष्टिकोण प्रदान गर्दै भविष्यको शैक्षिक यात्रा तय गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend