काठमाडौं, बिज एजुकेशनले युनिभर्सिटी अफ ल्यानक्यास्टर, युकेका प्रतिनिधिहरूको सहभागितामा एक विशेष Meet & Greet सत्र सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रममा सम्भावित विद्यार्थी, पूर्वविद्यार्थी (Alumni), शैक्षिक साझेदार तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात बिज एजुकेशनका निर्देशक श्री हरि कार्की द्वारा गरिएको स्वागत मन्तव्यबाट भएको थियो। उनले संस्थाको तर्फबाट नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसपछि अतिथिहरूलाई परम्परागत खादा तथा माला अर्पण गरी स्वागत गरिएको थियो।
कार्यक्रममा युनिभर्सिटी अफ ल्यानक्यास्टरमा अध्ययनरत नेपाली विद्यार्थीहरूको अनुभव तथा सफलताको कथा समेटिएको भिडियो प्रस्तुति पनि देखाइएको थियो, जसले विद्यार्थी जीवन, शैक्षिक अवसर र करियर सम्भावनाबारे महत्वपूर्ण जानकारी प्रदान गर्यो।
त्यसपछि युनिभर्सिटी अफ ल्यानक्यास्टरका डाइरेक्टर अफ इन्टरनेशनल रिक्रुटमेन्ट श्री म्याथ्यू भिर ले विश्वविद्यालयको शैक्षिक कार्यक्रम, विद्यार्थी सहायता सेवा, अनुसन्धान अवसर तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध करियर सम्भावनाबारे विस्तृत प्रस्तुति दिएका थिए।
कार्यक्रमको प्रमुख आकर्षणको रूपमा “नेपालमा ब्रिटिश शिक्षाको प्रभाव” विषयमा प्यानल छलफल सम्पन्न भयो। उक्त छलफलमा श्री म्याथ्यू भिरसँगै युनिभर्सिटी अफ ल्यानक्यास्टरका पूर्वविद्यार्थीहरूले आफ्ना अनुभवहरू साझा गरेका थिए।
प्यानलमा सहभागीहरू:
उक्त छलफलको सञ्चालन डा. सरीशा श्रेष्ठ ले गरेकी थिइन्, जसले शैक्षिक अनुभव, पेशागत विकास तथा अन्तर्राष्ट्रिय शिक्षाले नेपालमा पारेको प्रभावबारे महत्वपूर्ण संवाद गराइन्।
कार्यक्रममा आयोजित प्रश्न–उत्तर सत्रमा सहभागीहरूले विश्वविद्यालयका प्रतिनिधि तथा श्री करण शोकीन, प्रिन्सिपल एडभाइजर फर साउथ एशिया, युनिभर्सिटी अफ ल्यानक्यास्टरसँग प्रत्यक्ष रूपमा अध्ययन अवसर, भर्ना प्रक्रिया तथा करियर सम्भावनाबारे जानकारी प्राप्त गरे।
कार्यक्रमको अन्त्यमा बिज एजुकेशनका निर्देशक श्री हरि कार्की ले सबै अतिथि, सहभागी विद्यार्थी, अभिभावक तथा साझेदार संस्थाहरूलाई धन्यवाद व्यक्त गरे।
समापन मन्तव्यमा श्री म्याथ्यू भिर ले बिज एजुकेशनलाई यस्तो प्रभावकारी कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै नेपाल र बेलायतबीच शैक्षिक सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए।
यो Meet & Greet सत्रले विद्यार्थी तथा अभिभावकलाई युनिभर्सिटी अफ ल्यानक्यास्टरमा अध्ययन सम्बन्धी प्रत्यक्ष जानकारी प्राप्त गर्ने उत्कृष्ट अवसर प्रदान गरेको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend