logo

२०८३ असोज २८ बुधबार

ECAN ललितपुर शाखाद्वारा बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

ECAN ललितपुर शाखाद्वारा बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, २७ असोज २०८३
  • 663
    SHARES

    ललितपुर , नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको आयोजनामा दशैँ, तिहार तथा छठ पर्वको शुभ अवसरमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। हार्मोनी इभेन्ट एन्ड डाइनिङ सेन्टरमा आयोजित उक्त कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका वरिष्ठ व्यक्तित्वहरू, ECANका पदाधिकारीहरू तथा व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।

    कार्यक्रमको सुरुआत ECAN ललितपुरका उपाध्यक्ष मुकुन्द बजगाईंको स्वागत मन्तव्यबाट भएको थियो। उहाँले उपस्थित सम्पूर्ण अतिथि, वरिष्ठ सदस्य तथा सहभागीहरूलाई हार्दिक स्वागत गर्दै महान् चाडपर्वको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा ECAN ललितपुरका अध्यक्ष सनाम कुमार महर्जन, ECAN ललितपुरका निर्वतमान अध्यक्ष (IPP) अरविन्द कुमार सिंह, कुमारी बैंक लिमिटेड कुपण्डोल शाखाका प्रबन्धक प्रवेश कार्की र ECAN केन्द्रीय कार्यसमितिका निर्वतमान अध्यक्ष (IPP) शेषराज भट्टराईले आ-आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो।

    सम्बोधनका क्रममा वक्ताहरूले चाडपर्वले शैक्षिक परामर्श व्यवसायीहरूबिच आपसी भाइचारा, एकता र सद्भाव अभिवृद्धि गर्ने बताउनुभयो। साथै, ECAN का वरिष्ठ सदस्यहरूको मार्गदर्शन र योगदानको उच्च कदर गर्दै शैक्षिक परामर्श क्षेत्रको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइयो। कुमारी बैंक लिमिटेड कुपण्डोल शाखाको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ECAN का सिनियर सदस्यहरू तथा विभिन्न शैक्षिक परामर्श व्यवसायीहरूले आपसमा शुभकामना साटासाट गर्दै कार्यक्रमलाई भव्य रूपमा समापन गरेका थिए। उक्त कार्यक्रम नेपाल शैक्षिक परामर्श संघ (इक्यान), ललितपुर शाखाका सचिव विनोद भट्टराईज्यूले सञ्चालन गर्नुभएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend