logo

२०८३ असोज ७ बुधबार

संगठन निर्माणमा सबैको साझा सहयोग चाहिन्छ : मन्त्री शाह

संगठन निर्माणमा सबैको साझा सहयोग चाहिन्छ : मन्त्री शाह


हाम्रो राष्ट्र
  • मंगलबार, ८ असोज २०८१
  • 4.1K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले नेपाली कांग्रेसलाई एक लोकतान्त्रिक पार्टीको रूपमा परिभाषित गर्दै संगठन र व्यवस्थाको महत्त्व बुझ्न आवश्यक भएको बताउनुभएको छ। उहाँले नेपाली कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै विचारले सबैलाई एक ठाउँमा ल्याउने कुरामा जोड दिनुभयो, र यसका लागि सबैको साझा सहयोग आवश्यक रहेको स्पष्ट पार्नुभयो।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका शाहले पार्टी संगठनको विकासमा ध्यान दिनु र विभिन्न विचारधाराका साथीहरूलाई एकीकृत गर्ने चुनौतीको महत्त्वमा चर्चा गर्दै आजको प्रमुख चुनौती पार्टी संगठनलाई मजबुत बनाउनु रहेको जनाउनुभयो ।

    यो पनि पढ्नुहोस्, संघीयताको सफल कार्यान्वयनले मात्र समग्र विकास सम्भव : महामन्त्री थापा

    एक फरक प्रशंगमा उहाँले कर्णाली प्रदेशमा आन्तरिक राजस्वको सीमितताका कारण योजनाहरूको प्रभावकारी कार्यान्वयनमा समस्या आएको कुरा पनि उल्लेख गर्नुभयो । आन्तरिक राजस्वको अभावले योजनाहरू ठोस कार्यान्वयन गर्न समस्या हुने मन्त्री शाहको भनाइ थियो । उहाँले कर्णाली प्रदेशका नेता र कार्यकर्ता बीच सहकार्य र संवादको आवश्यकता र पार्टी संगठनको मजबुतिकरणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend