logo

२०८३ असोज २८ बुधबार

आइडीबी ग्लोबल सर्भिसेजले मनायो १० औँ वार्षिकोत्सव

आइडीबी ग्लोबल सर्भिसेजले मनायो १० औँ वार्षिकोत्सव


हाम्रो राष्ट्र
  • बुधबार, ६ फाल्गुन २०८२
  • 2.4K
    SHARES

    काठमाडौँ। फिनल्यान्ड अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरू माझ विश्वासिलो र लोकप्रिय शैक्षिक परामर्शदाता संस्था IDB Global Services ले आफ्नो सेवा यात्राको १० औँ वर्ष सफलतापूर्वक पूरा गरेको छ। मंगलबार काठमाडौँस्थित संस्थाको कार्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रमका बीच आइडिबि ग्लोबलले केक काट्दै दशौँ वार्षिकोत्सव उत्साहपूर्वक मनाएको हो।

    सफलताको एक दशक पूरा गरेको अवसरमा आइडिबि ग्लोबललाई बधाई तथा शुभकामना दिन Education Consultancy Association of Nepal (ECAN) का अध्यक्ष Laxman Paudel (एन्ड्रयु) को नेतृत्वमा इक्यान कार्यसमितिको टोली कार्यक्रम स्थलमा उपस्थित भएको थियो। साथै कार्यक्रममा Ramsharan Dhakal सहित विभिन्न शैक्षिक परामर्श संघका प्रतिनिधि, परामर्श व्यवसायीहरू तथा आइडिबि ग्लोबलका शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै आइडिबि ग्लोबलकी कम्प्लायन्स म्यानेजर Smriti Manandhar ले संस्थाको स्थापना, सेवा क्षेत्र, विद्यार्थीकेन्द्रित कार्यशैली तथा विगत १० वर्षमा हासिल गरिएका प्रमुख उपलब्धिहरूको बारेमा जानकारी गराइन्।

    कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पौडेलले आइडिबि ग्लोबलले निरन्तर १० वर्षसम्म शैक्षिक परामर्श सेवामा योगदान पुर्‍याउनु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गरे। विद्यार्थी र विदेशी विश्वविद्यालयहरूबीच पुलको भूमिका निर्वाह गर्दै आएको यस संस्थाले आगामी दिनमा अझ धेरै सफलता हासिल गरोस् भन्ने शुभकामना उनले व्यक्त गरे।

    त्यसैगरी आइडिबि ग्लोबलका प्रबन्ध निर्देशक Ishwar Ghimire ले सबैको साथ, सहयोग र विश्वासकै कारण आजको यो उपलब्धि सम्भव भएको बताए। सक्षम साझेदार, समर्पित कर्मचारी र शुभचिन्तकहरूको निरन्तर सहयोगले संस्थालाई अघि बढ्न प्रेरणा मिलेको उनले उल्लेख गरे। आइडिबि ग्लोबलले आफ्नो सेवा क्षेत्रलाई निरन्तर विस्तार गर्दै विद्यार्थीमैत्री सेवा प्रदान गरिरहेको पनि उनले जानकारी दिए।

    स्थापना दिवसको अवसरमा आइडिबि ग्लोबलले विद्यार्थीहरूका लागि विशेष तथा आकर्षक अफरहरू सार्वजनिक गर्नुका साथै केही सामाजिक कार्यहरू समेत सञ्चालन गरेको जनाएको छ। यससँगै, शैक्षिक परामर्शसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्व दिने संस्थाको प्रतिबद्धता झल्किएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend