logo

२०८३ असोज २८ बुधबार

काठमाडौंमा ‘यूके एजुकेशन फेयर’ भव्य रूपमा सम्पन्न

काठमाडौंमा ‘यूके एजुकेशन फेयर’ भव्य रूपमा सम्पन्न


हाम्रो राष्ट्र
  • बिहिबार, १७ बैशाख २०८३
  • 845
    SHARES

    काठमाडौं – डाइनामिक युनिभर्स एजुकेशन प्रालिको आयोजनामा पुतलीसडक चोकस्थित आफ्नै कार्यालयमा ‘यूके एजुकेशन फेयर २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। सोमबार वैशाख १४ गते (अप्रिल २७) आयोजना गरिएको यस मेलामा उच्च शिक्षाका लागि बेलायत जान चाहने विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    मेलाको सफलताका बारेमा जानकारी दिँदै डाइनामिक युनिभर्स एजुकेशनका अध्यक्ष राजकुमार बर्तौलाले कार्यक्रम अत्यन्तै फलदायी रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूले एकै थलोमा २५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो।

    कार्यक्रममा डाइनामिक युनिभर्स एजुकेशनका निर्देशक उमेश भट्टले सहभागी सम्पूर्ण विश्वविद्यालयका प्रतिनिधि र विद्यार्थीहरूलाई उनीहरूको गरिमामय उपस्थितिका लागि धन्यवाद ज्ञापन गर्नुभयो। विद्यार्थीहरूलाई सहजीकरण गर्नु नै संस्थाको मुख्य उद्देश्य रहेको र सोही अनुरूप कार्यक्रम सफल भएको उहाँको भनाइ थियो।

    मेलामा विद्यार्थीहरूले अन-स्पट प्रोफाइल मूल्याङ्कन, शैक्षिक ग्याप र कम जीपीए भएकाहरूका लागि विशेष परामर्श, भिसा तथा ऋण प्रक्रिया सम्बन्धी जानकारी प्राप्त गरेका थिए। साथै, आईईएलटीएस (IELTS) र पीटीई (PTE) मा छुट, द्रुत अफर लेटर र भिसा प्रोसेसिङका साथै वैदेशिक यात्रापछिको एयरपोर्ट पिकअप र आवास व्यवस्थापनका विषयमा पनि विज्ञहरूले परामर्श दिएका थिए।

    २८ वर्षको लामो र विश्वसनीय इतिहास बोकेको डाइनामिक युनिभर्स एजुकेशनले आयोजना गरेको यस मेलामा सहभागीमध्ये केही उत्कृष्ट विद्यार्थीहरूलाई आकर्षक उपहारहरू समेत प्रदान गरिएको थियो। यस्ता शैक्षिक मेलाले नेपाली विद्यार्थीहरूलाई सही र पारदर्शी सूचना प्राप्त गर्न ठूलो मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend