ललितपुर । नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुरले नेपाली विद्यार्थीलाई भारतमा उच्च शिक्षा अध्ययनका अवसर, विश्वविद्यालय तथा शैक्षिक कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले ‘Study in India Information Session’ आयोजना गरेको छ।
ललितपुरको मानभवनस्थित थसाङ घरमा ११ अगस्ट २०२६ (२६ श्रावण २०८३) मा आयोजित कार्यक्रममा भारतका विभिन्न उच्च शैक्षिक संस्थाका प्रतिनिधिहरूले सहभागी विद्यार्थी तथा अभिभावकलाई अध्ययनका अवसर, शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया तथा करिअर सम्भावनाबारे जानकारी दिएका थिए।
कार्यक्रममा ECAN Executive Member तथा Study in India Department Head Shiva Prasad Aryal र Hindustan Educational Institutions का Public Relations Officer Shyam Sharma S. लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी शैक्षिक परामर्श संस्था तथा प्रतिनिधिहरूप्रति नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको अध्यक्ष सनम कुमार महर्जनले धन्यवाद व्यक्त गर्दै यस्ता सूचना तथा अन्तरक्रिया कार्यक्रमले विद्यार्थीलाई भारतमा उच्च शिक्षा छनोट गर्दा आवश्यक जानकारी प्राप्त गर्न सहयोग पुग्ने बताए।
भारत नेपाली विद्यार्थीका लागि नजिकको तथा विविध शैक्षिक अवसर उपलब्ध गराउने महत्वपूर्ण गन्तव्यका रूपमा रहँदै आएको अवस्थामा ECAN ललितपुरले विद्यार्थीलाई विश्वविद्यालय छनोटदेखि अध्ययन तथा करिअर योजनासम्म सही सूचना उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रमको सञ्चालन ECAN ललितपुरका महासचिव विनोद भट्टाराईले गरेका थिए।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend