logo

२०८३ साउन १४ बिहिबार

पर्वतारोहण, हिमाली क्षेत्रको उद्धार,मनसुन पूर्वतयारी तथा प्रतिकार्यका सन्दर्भमा छलफल

पर्वतारोहण, हिमाली क्षेत्रको उद्धार,मनसुन पूर्वतयारी तथा प्रतिकार्यका सन्दर्भमा छलफल


हाम्रो राष्ट्र
  • मंगलबार, ७ जेष्ठ २०८२
  • 2.3K
    SHARES

    माननीय गृहमन्त्री रमेश लेखकले पर्वतारोहण, हिमाली क्षेत्रको उद्धार, जल तथा पदयात्रासँग सँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुसँग यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका सन्दर्भमा छलफल गर्नुभएको छ।

    मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा यी निकायको भूमिका, दक्षता, उपलब्ध जनशक्ति एवं सामग्रीको बारेमा जानकारी प्राप्त गर्ने उद्देश्यले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छलफलको आयोजना गरेको हो।

    प्राधिकरणको सभाहलमा भएको छलफलमा नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (NARA), हिमाली समुदाय जलवायु मैत्री संगठन (CAHC), हिमालयन उद्धार संघ नेपाल (HRA), पर्वतारोहण संचालक संघ नेपाल (EOAN), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN), नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ (NNMGA) र नेपाल पर्वतारोहण संघ (NMA) का पदाधिकारी एवं प्रतिनिधिको उपस्थिति थियो।

    छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी ई. दिनेश भट्ट, अन्य अधिकारीहरु, तीनै सुरक्षा निकायका विपद् हेर्ने अंगका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवं विश्व खाद्य कार्यक्रमका अधिकारीहरुको पनि सहभागिता थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend