logo

२०८३ साउन १४ बिहिबार

नेपाली सेनाद्वारा जाजरकोट दुर्घटनाका घाइतेको उद्धार

नेपाली सेनाद्वारा जाजरकोट दुर्घटनाका घाइतेको उद्धार


हाम्रो राष्ट्र
  • सोमबार, २६ कार्तिक २०८१
  • 1.6K
    SHARES

    काठमाडौँ: नेपाली सेनाले जाजगरकोटमा आज भएको सडक दुर्घटनाका घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएको छ । जाजरकोटको भेरी नगरपालिका–१३ जिरो प्वाइन्टमा नेपालगञ्जतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको थियो ।

    दुर्घटनामा घाइते भएका १२ जनालाई सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पठाउन सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका आठ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरी थप उपचारको लागि सुर्खेतस्थित प्रादेशिक अस्पतालमा ल्याउने कार्य भइरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend