काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अब वस्ती विकास गर्दा त्यहाँ बस्नेहरुका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा बताउनुभएको छ । राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले वस्ती मात्र बनाएर नहुने भन्दै त्यहाँ बस्नेहरुका लागि आर्थीक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
‘व्यवस्थित आवास बनाँदा बनाउनका लागि मात्र बनाएर हुँदैन भन्ने कुरा यो भन्दा अघिको उदाहरणबाट पाठ सिक्नुपर्छ । जग्गा विकास पनि गर्नुछ । न्यूनतम रुपमा मानिसहरुलाई आवश्यक पर्ने आयआर्जन गर्नसक्ने गरि अब वस्ति विकास हुनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो । त्यस्तै, उहाँले वस्ती विकास गर्दा सो स्थानको मौसमलाई ध्यान दिएर र स्थानीय मौलिक स्रोतसधानकै प्रयोग गरेर बनाउनुपर्ने पनि बताउनुभयो ।
त्यस्तै उपप्रधानमन्त्री सिंहले सरकारले राष्ट्रिय आवपास कम्पनीलाई विशेष महत्व दिलाएको पनि बताउनुभयो । सरकारको आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकासको विषय पर्नुले पनि सरकारले प्राथमिकतामा राखेको भन्दै व्यवस्थित वस्ती विकासमा कम्पनीको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । वस्ती विकास गर्दा समुदायलाई आवश्यक पर्ने विषयहरुमा ध्यान दिँदा राम्रो हुने भन्दे तयसतर्फ ध्यान दिन कम्पनीलाई सुझाव दिनुभयो ।
‘जनताको अपेक्षा धेरै छ । कम्पनमिा रहेका कमजोरी हटाएर जनअपेक्षाअनुसार काम गर्नततर्फ ध्यान दिनुहोला,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend