logo

२०८३ साउन १४ बिहिबार

कर्णाली प्रदेशमा लैङ्गिक उत्तरदायी बजेटबारे अन्तरक्रियात्मक छलफल

कर्णाली प्रदेशमा लैङ्गिक उत्तरदायी बजेटबारे अन्तरक्रियात्मक छलफल


हाम्रो राष्ट्र
  • सोमबार, २२ बैशाख २०८२
  • 3.1K
    SHARES

    सुर्खेत: कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजीव विक्रम शाहको प्रमुख आतिथ्यतामा वीरेन्द्रनगर, सुर्खेतमा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरूको सहभागिता रहेको छलफल कार्यक्रम बजेट निर्माण तथा कार्यान्वयन प्रक्रियामा लैङ्गिक दृष्टिकोण समावेश गरी समावेशी र न्यायपूर्ण विकासलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

    मन्त्री शाहले लैङ्गिक समानता सुनिश्चित गर्न बजेटमा संवेदनशीलता आवश्यक रहेको उल्लेख गर्दै आगामी नीति तथा योजना निर्माणमा यस्ता छलफलले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो।

    कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरूले बजेट प्रक्रियामा महिलासहित सबै वर्गका नागरिकको सहभागिता र पहुँच सुनिश्चित गर्न सुझाव दिदै आआफ्नो टिप्पणीहरू प्रस्तुत गरेका थिए।

    कार्यक्रमले नीति निर्माण तहमा लैङ्गिक उत्तरदायित्वबारे जागरुकता अभिवृद्धि गर्न मद्दत पुगेको सहभागीहरूको धारणा रहेको छ ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend