logo

२०८३ साउन १४ बिहिबार

कर्णाली प्रदेश सरकारद्वारा आगामी वर्षको बजेट विषयक प्री-बजेट छलफल 

कर्णाली प्रदेश सरकारद्वारा आगामी वर्षको बजेट विषयक प्री-बजेट छलफल 


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ बैशाख २०८२
  • 2.4K
    SHARES

    सुर्खेत: कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहको प्रमुख आतिथ्यतामा र ऋति फाउण्डेशनको आयोजनामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सम्बन्धी प्री-बजेट छलफल कार्यक्रम सम्पन्न भएको छ।

    वीरेन्द्रनगरमा सम्पन्न उक्त छलफल कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरू, योजनाविद्, सरोकारवाला निकायका सदस्यहरू, विज्ञ तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा बोल्दै मन्त्री शाहले आगामी बजेट तयारी प्रक्रिया पारदर्शी, समावेशी र आवश्यकता–आधारित हुने प्रतिबद्धता जनाउँदै सबै क्षेत्रका सरोकारवालाको सुझावलाई समेटेर समुचित बजेट निर्माण गरिने जानकारी दिनुभयो।

    उहाँले कर्णालीको समृद्धिको मार्ग बजेटमै केन्द्रीत हुने भन्दै समावेशी विकासको पक्षमा सरकार दृढ रहेको उल्लेख गर्नुभयो। ऋति फाउण्डेशनका प्रतिनिधिहरूले सहभागीहरूबाट संकलन भएका सुझावहरूलाई संकलन गरी प्रदेश सरकारसमक्ष औपचारिक रूपमा बुझाइने जानकारी दिएका छन्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend