काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमन सिंहले प्राप्त अधिकारको रक्षा गर्न सबैले संवेदनशिल भएर सोच्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस काठमाडा जिल्ला समितिले काठमाडौंका पूर्वसभापति तीर्थराम डंगोलको स्मृतिमा बिहिबार आयोजिना गरेको श्रद्धाञ्जली सभामा बोल्नुहुँदै उहाँले ०४६ सालको आन्देलनपछि प्राप्त अधिकारको रक्षाका लागि सचेत हुन पनि आग्रह गर्नुभयो । डंगोल प्रजातान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध नेता रहेको भन्दै प्राप्त उपलब्धीको रक्षा गर्दा नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने सिहको भनाई छ । ‘ ०१७ सालमा गुमेको अधिकार सर्वोच्च कमाण्डर गणेशमान सिंहज्यूको नेतृत्वमा ०४६ सालमा पुनस्थापित भयो । ती अधिकारहरु कसले सुरक्षित राख्ने ? तपाईं हाम्रै काँधमा जिम्मेवारी आइपुगेको विषयमा सबैजना संवेदनशिल हुनुपर्ने बेला आएको छ,’ उहाँले भन्नुभयो । ०४२ सालको सत्याग्रहको बेलामा प्रजातन्त्रको पक्षमा जनमत निर्माण गर्न, काठमाडौंमा संगठन निर्माण गर्न र जेलमा समेत डँगोलसँग सँगै रहेको स्मरण गर्दै कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले डंगोलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदान महत्वपूर्ण भएको बताउनुभयो । पञ्चायती व्यवस्थामा उपमेयर भएको बेलामा पार्टीको निर्देशनअनुसार तत्कालिन व्यवस्थाको निर्देशन नमानेर प्रजातान्त्रिक मूल्य मान्यता बलियो बनाउन डंगोलले लिएको अडानले प्रजातन्त्रप्रति उहाँको प्रतिवद्धता धेरै थियो भन्ने प्रष्ट हुने पनि सिंहले बताउनुभयो । उहाँले वर्तमानमा मुल्यांकन नभएपनि भविष्यले सबै लेखाजोखा गर्ने भन्दै राजनिित चमकधमकले नहुने भन्दै जमिनमा बसेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।